स्पेन, १९ जेठ ।
नेपाली जनप्रगतिशील मञ्च स्पेनले जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । रोजगारीका लागि स्पेनमा रहेका माओवादी निकट नेपालीहरुलाई ऐक्यवद्ध गर्दै जिम्मेवारी दिइएको हो ।
मञ्चको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संरक्षक तथा सल्लाहकारहरु मनोनित गरेको छ । संरक्षकहरुमा गंगाप्रसाद भुषाल, श्यामप्रसाद खनाल, अर्जुन आचार्यलाई मनोनित गरेको छ । यस्तै सल्लाहकार प्रमुखमा कृष्णहरि कँडेललाई मनोनित गरेको छ ।
सल्लाहकार सदस्यहरुमा रामप्रसाद दाहाल, विवेक सापकोटा, सुमि घिमिरे सापकोटा, दिनेशकुमार गिरी, केशरबहादुर थापा, शीतल भुर्तेल भुषाल, कृष्ण भुषाल, सुरेन्द्र चौलागाईं, रमेश पण्डित रहेका छन् । मञ्चको प्रवक्तामा विप्लव काफ्लेलाई जिम्मेवारी दिइएको छ । काफ्लेले डेढ दशक बढी चितवनका कायाकैरनसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका थिए ।
मञ्चले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । संघसंस्था समन्वय प्रमुखमा उपाध्यक्ष केशवराज कँडेल, संगठन विभाग प्रमुखमा महासचिव सूर्यप्रसाद सापकोटा धिरज, विधान विभाग प्रमुखमा सचिव गोविन्द अधिकारीलाई जिम्मेवारी दिइएको छ । आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष ज्ञानबहादुर बस्नेत, अनुशासन समिति प्रमुखमा संस्थापक श्यामप्रसाद खनाललाई जिम्मेवारी दिइएको छ । मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाल र स्पेनबीचको सम्बन्ध सुधार गर्दै विकास र समृद्धिका लागि सेतुको रुपमा मञ्च सक्रिय रहने बताए ।
रोजगारीका शिलशिलामा आइपर्ने समस्या समाधान गर्ने, अवसरमा सहजीकरण गर्दै नेपालीहरुलाई ऐक्यवद्ध बनाइने बताए ।
मञ्चले साग्रदा फामिलियामा बार्सिलोना नगरपालिकासँग समन्वय गर्दै ´नेपाल पर्यटन प्रबर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१’ मार्फत नेपाल तथा भरतपुर भ्रमण वर्षको निम्ता समेत बाँडेको थियो । मञ्चकै अगुवाइमा बार्सिलोनामा सञ्चालनमा रहेको स्पेनिस भाषा कक्षा यहि जुलाई पहिलो हप्ता सकिँदैछ ।