भरतपुर, १६ जेठ ।
भरतपुर महानगरपालिकाले आधारभूत काेपाेमिस सफ्टवेयर तालिम दिएकाेछ । महानगरकाे सहकारी तथा राेजगार प्रबर्द्धन शाखाले भरतपुर महानगरपालिका भित्र रहेका तर काेपाेमिस प्रणालीमा आबद्ध हुन नसकेका सहकारी संस्थामा कार्यरत करिव १०० भन्दा बढि व्यवस्थापक कर्मचारीलाई तीन चरणमा काेपाेमिस सफ्टवेयर कार्यान्वयन तालिम दिएकाे हाे ।
कार्यक्रमकाे पहिलाे समूहकाे तालिम जिल्ला समन्वय समितिको सभाहल भरतपुर १० मा भएकाे थियाे । दाेस्राे समूहकाे तालिम जिल्ला सहकारी संघकाे तालिम हलमा भएकाे थियाे भने तेस्रो समूहकाे तालिम टाढाका सहकारी संस्थाका सहभागीहरुलाई पायक पर्नेगरी चनाैली पार्टी प्यालेस भरतपुर- १८ मा आयाेजना गरिएकाे थियाे ।
काेपाेेमिस सफ्टवेयर तालिमकाे समुद्घाटन भरतपुर महानगरपालिकाका उपसचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पाैड्यालले जिल्ला सहकारी संघमा गरेका थिए भने कार्यक्रमकाे समापन भरतपुर महानगरपालिका सहकारी तथा राेजगार प्रबर्द्धन शाखाका शाखा प्रमुख तथा वरिष्ठ शाखा अधिकृत जीवलाल कुँवरले गरेका थिए ।
३ वटै तालिमकाे संयाेजन भरतपुर महानगरपालिका सहकारी तथा राेजगार प्रबर्द्धन शाखामा कार्यारत सहायक कर्मचारी सावित्री पाैडेल चालिसेले गरेकी थिइन् । सहकारी प्रशिक्षण विभागका प्रशिक्षक नवीन मैनाली, विभागकै काेपाेमिस सफ्टवेर अपरेटर सन्दिप पाैडेल, अधिकृत नवीनराज रुवाली र सावित्री पाैडलले प्रशिक्षण दिएका थिए ।
तालिम पाएसँगै यस वर्ष भरतपुर महानगरपालिकामा संचालित सहकारी संस्थाहरु मध्ये करिव ९४ प्रतिशत सहकारी संस्थाहरुले काेपाेेमिस प्रणालीमा आबद्ध भई संस्थाकाे वार्षिक र मासिक प्रतिवेदन अद्यावधिक गरेका छन् भने संस्थामा नयाँ प्रबेश भएका व्यवस्थापकहरु पनि लाभान्वित भएका छन् । त्यस्तै बचत तथा ऋणलगायत कृषि, दुग्ध ,बहुउद्देश्यीय तथा उत्पादक सहकारी संस्थाहरुलेसमेत आफ्नै कार्यालयमा बसेर नियामक निकायमा मासिक तथा वार्षिक वित्तीय विवरण अद्यावधिक गरि लामाे बाटाे समय र पैसा खर्च गरेर महानगरपालिका धाईरहनुपर्ने अप्ठ्यारोबाट मुक्ति पाउने संयोजक सावित्री पौडेलले बताइन् ।
व्यवस्थापकीय अस्तब्यस्तताका कारण सहकारीमा बेथिति बढिरहेकाे बर्तमान परिप्रेक्ष्यमा सहकारी संस्थालाई सिस्टममा सञ्चालन गरि वेव ब्रोसरमार्फत चल्ने काेपाेमिस सफ्टवेयरकाे प्रयाेेग गरी सूचना संकलन गर्ने, प्रसाेधन गर्ने र प्रतिबेदन दिने प्रणालीलाई अनिवार्य गर्न मन्त्रालयले निरन्तर रुपमा देशभरि नै सहकारी प्रशिक्षण मार्फत आर्थिक वर्ष २०७४ /०७५ देखि नै नेपाल सरकार मातहतका कार्यालयमार्फत लागू गर्न सुरु गरेकाे कदमलाई हाेस्टेमा हैँसे गर्दै भरतपुर महानगरपालिकाले पनि राताे कितावमा समावेश गरी निश्चित बजेट छुट्याई सहकारी संस्थामा काेपाेमिस प्रणालीकाे अनिवार्य प्रयाेग गर्नमा जाेड दिँदै आएकाेमा यस वर्षकाे कार्यक्रम पनि त्यसैकाे निरन्तरता हाे ।