रत्ननगर, १५ जेठ ।
रत्ननगर नगरपालिका –६ ले वडाका जेष्ठ नागरिकलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । वडाबाट गरिने सामाजिक कृयाकलापहरु मध्ये वडा कार्यालयले वडाका १८० जना ज्येष्ठ नागरिकहरुलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिरको भ्रमण गराएको हो ।
सहभागी आमा—बाबा सबै भ्रमणमा अति नै उत्साहित पाइएको वडा सदस्य गोपी बिडारीले बताए । यात्राले निकै स्फूर्ति बढाएको अनुभव सुनाउँदैै वडास्तरीय ज्येष्ठ नागरिक समितिका अध्यक्ष केदार प्रसाद चापागाईंले आगामी बर्षहरुमा पनि यस किसिमका कामको निरन्तरता दिनु पर्ने बताए ।
सधैं विकास निमार्ण, विद्यालय, सडक, विद्यार्थीका हितमा काम गरिएको र बाबा आमाहरुको लागि पनि सम्मानसहित केही गरौ भन्ने लागेर नै धार्मिक क्षेत्र अवलोकन भ्रमणको योजना बनाइएको वडा नम्बर ६ का अध्यक्ष किरण महतोले बताए ।