भरतपुर, १४ जेठ ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन जेठ २६ गते शनिबार चितवनको देवनगरमा राष्ट्रिय छन्द कविता प्रतियोगिता हुने भएको छ । भरतपुर–१३ मा रहेको नवसाहित्य मञ्जरीले प्रतियोगिता आयोजना गरेको हो ।
आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा देशभरबाट कविता संकलन गरिने र प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता छानेर ती कविता लेख्ने कविलाई एलटिके रिसोर्ट देवनगरमा हुने कार्यक्रममा सहभागी गराइने रेग्मीले जानकारी दिए । उनले कविताको शब्द सीमा १८० शब्द तोकिएको र कविता जेठ २० गतेभित्र बुझाउनु पर्ने बताए ।
प्रतियोगितामा पुरस्कृत कविहरुमध्ये पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र पाउने छन् । कविता मूल्यांकनका लागि तीन सदस्यीय मूल्यांकन समिति बनाइएको नवसाहित्य मञ्जरीका सल्लाहकार भीमराज अधिकारीले जानकारी दिए ।