भरतपुर, ११ जेठ ।
आइएमई लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बिहीबार कम्पनीले चितवन र नवलपरासी क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुसहित २ सय पचास भन्दा बढी जनालाई तालिम प्रदान गरेको हो ।
भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न तालिममा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त प्रशिक्षक सौरभ लोहनीले अभिकर्ताहरुलाई आइएमई लाइफ इन्स्योरेन्ससहित अभिकर्ता पेशाको आवश्यक्ता र महत्वका विषयमा जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् आइएमई लाइफ इन्स्योरेन्सका बजार विभाग प्रमुख गणेश चौलागाईले आइएमई लाइफ अन्य इन्स्योरेन्स कम्पनी भन्दा किन फरक छ र आइएमई लाइफ इन्स्योरेन्समा नै किन बीमा गर्ने भन्ने बारे प्रष्ट्याएका थिए । उनले इमान्दारिताका साथ काम गर्दा यो पेशाबाट नाम, दाम र सम्मान सबै प्राप्त हुने बताए । कम्पनीले सबैको लागि पहुँच हुने, लाभदायक तथा नवीनतम थप बीमा योजनाहरु ल्याईरहेको समेत उनले बताए ।
कम्पनीका बागमती प्रदेश प्रमुख चन्द्रप्रदीप भट्टराईले अध्यक्षता गरेको तालिममा आइएमई लाइफ इन्स्योरेन्सकी क्षेत्रीय प्रबन्धक यशोदा तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अजिता अधिकारीले गरेकी थिइन् । आइएमई लाइफ इन्स्योरेन्सले अहिले देशैभरी अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ ।
तालिममा सहभागी अभिकर्ताहरुले आइएमई लाइफ इन्स्योरेन्सतर्फ आम सेवाग्राहीको विश्वास बढिरहेको अवस्थामा तालिमले थप विश्वास जितेर अगाडी बढ्न सहयोग पुर्याएको बताए । `यो तालिम अभिकर्ताहरुलाई आवश्यक व्यावसायिक ज्ञान दिने मात्र नभई आफ्नो व्यक्तित्व विकास गर्न पनि सहयोगी भएको छ´, तालिममा सहभागी कुमार पौडेलले बताए ।