मकवानपुर, ३ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक एवम् यु-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा बुधबार हेटौंडामा सम्मानित भएका छन् । रोटरी क्लव अफ हेटौँडाले बुधबार नगद १ लाख रुपैयाँ राशिकाे भोकेशनल एक्सिलेन्स अवार्डबाट टमाटालाई सम्मानित गरेको हो ।
मातृभूमिलाई कर्मथलो बनाई नेपाली क्रिकेट खेल र खेलाडीहरुको विकासमा मुख्य प्रशिक्षक भएर नेपाल क्रिकेट खेललाई एकदिवसीय मान्यता दिलाउन र यू १९ क्रिकेट टिमलाई पाँच पटक विश्वकप छनौट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै टमाटालाई बुधबार सम्मान गरेको रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।