भरतपुर, २३ वैशाख ।
त्रिमूल नेपाल राप्ती नगर समितिकाे आयोजनामा राप्ती नगरपालिका वडा नम्बर २ मा नि:शुल्क थेरापी शिविर गरिएकाे छ ।
शिविरमा ६० जना स्थानीयले सेवा लिएका थिए । त्रिमूल नेपालले जनताकाे सेवामा सदैव समर्पित भएर अगाडि बढ्ने प्रतिबद्धता लिएको उक्त पार्टीका चितवन जिल्ला संयोजक मदन अधिकारीले बताए ।