चितवन, ५ जेठ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पहिलो चरणको निर्वाचन गराउन नै आफ्नो जीत भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले जुन सुकै पार्टीले जीत पनि मुलुककै जीत भएको बताए ।
माओवादी केन्द्रलाई पहिलो चरणको स्थानीय निर्वाचनमा सोचेजस्तो मत नआइरहेको बेला शुक्रबार चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय भवन उद्घाटन गर्दै प्रचण्डले आफ्नो उदेश्य चुनाव गराउनु मात्र भएको यसको परिणामसँग आफ्नो सरोकार नरहेको बताए । त्यस्तै दोस्रो चरणको निर्वाचन गर्नु चूनौतिपूर्ण भएको उनको भनाइ छ ।