भरतपुर, ५ वैशाख ।
कविडाँडा साहित्य समाजको अध्यक्षमा पुनः एलबी क्षेत्री सर्वसम्मत भएका छन् । समाजको यसै साता सम्पन्न विशेष अधिवेशनले क्षेत्रीलाई अध्यक्ष पदमा निरन्तरता गराएको हो ।
अधिवेशनले उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लेखराम सापकोटा, कोषाध्यक्षमा नवराज ढुङ्गाना र सदस्यमा रामकृष्ण अनायासलाई चयन गरेको छ ।
संस्थालाई संस्थागत गराउन संस्थाको नवीकरण प्रक्रियालाई अद्यावधिक गर्ने, लेखा व्यवस्थित गर्ने र आवश्यक सङ्ख्यामा सदस्यता विस्तार गर्ने कार्य गर्न नवगठित समितिलाई अधिवेशनले निर्देशित गरेको संस्थापक सचिव सुरेन्द्र अस्तफलले बताए । वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल वैशाख २ गतेसम्म रहेको उनले जानकारी दिए ।
अध्यक्ष पदमा पुनः दोहिरिएपछि क्षेत्रीले कविडाँडाले चितवनको मात्रै नभएर समग्र साहित्य क्षेत्रको गरिमा बढ्नेगरी कार्यक्रमहरू गर्ने योजना बनाएको बताए ।