मकवानपुर, २ वैशाख ।
थाहा नगरपालिका वडा नम्बर ४ धारापानीस्थित खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको नारायणझ्याउ बस्ने वर्ष ७२ की लाक्पा शेर्पा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा धारापानीस्थित खोलामा जम्मा भएको पानीको खोल्सामा शेर्पा मृत भेटिएकी थिइन् । मृतकको श्रीमान श्याम बहादुर थिङले घटनास्थलमा आएर सनाखत गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्कापछि शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जानकारी दिएको छ ।