चितवन, १ वैशाख ।
नयाँवर्षको पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडलाई गैँडाले आक्रमण गरेको छ ।
वैशाख १ गते शनिवार बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन गएका गोरखा आरुघाट गाउँपालिका- ८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका- ६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मीले घुमाउन लगेका पर्यटक भने सकुशल छन् ।