मकवानपुर, २७ चैत ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगीमा निशा कट्टेल प्रथम भएकी छिन् ।
प्रतियोगिताको लागि प्राप्त ६ जनाको गीत मध्ये कट्टेलको गीतले प्रथम स्थान हासिल गरेको हो । प्रथम हुँदै उनले नगद १५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । यस्तै प्रतियोगितामा ओकिलराज बानियाँको गीत द्वितीय र कृतिका लौडारीको गीतले तृतीय स्थान हासिल गरेको हो । बानियाँ र लौडारीले क्रमशः नगद १० हजार र ८ हजार प्राप्त गरे ।
महिला तथा बालबालिका शाखाले सोमबार हेटौंडामा बालमैत्री स्थानीय शासन सम्बन्धी आयोजना गरेको कार्यक्रममा प्रतियोगी गीत वाचन/गायनसहित पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई बालमैत्री स्थानीय शासन तालिम राष्ट्रिय संयोजक विष्णुप्रसाद चौबे, महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला विकास अधिकृत शान्ति विश्वकर्मालगायतले पुरस्कार प्रदान गरे ।
गत फागुन १० गते उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन सम्बन्धी गीत प्रतियोगिताको सूचना प्रकाशित गरेको थियो । १५ दिन अबधिको सूचना अनुसार श्याम कुमार बानियाँ, सुनिल गौतम, प्रभात खत्री, कृतिका लौडारी, ओकिलराज बानियाँ र निशा कट्टलले सहभागिता जनाएका थिए ।