गैंडाकोट, २४ चैत ।
नवलपुर विद्युत व्यवसायी सङ्घले आफ्नो चौथो वार्षिक साधारणसभा पिप्रहर होमस्टे ग्रामको सभाहलमा शनिबार सम्पन्न गरेको छ ।
नेपाल विद्युतीय महासङ्घका प्रथम उपाध्यक्ष प्रेमबहादुर जिसी प्रमुख अतिथि रहेको सभामा महासङ्घका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटा, महासघका पूर्व अध्यक्ष तेजनारायण खरेल, महासंघ सदस्य राजेश गौतम, बागमती प्रदेश संयोजक सरोजकुमार रेग्मी, गण्डकी प्रदेश सचिव गिरिराज बराल, लुम्बिनी प्रदेश संयोजक लोकनाथ पोखरेल, विशेष अतिथि रहेको सभामा प्रमुख अतिथि जिसिले व्यापारिक सम्बन्ध बिस्तारका लागि गठन भएको जिल्ला तथा नगर सङ्घले आफ्ना सदस्यको व्यावासायिक एकतामा जोड दिनुपर्ने बताए ।
सङ्घको चौथो सभामा ज्ञानेन्द्रप्रसाद दाहाल, दिपेश जैन, नवराज सुवेदी, ओमप्रसाद चालिसेलगायत नेपाल विद्युतीय महासङ्घ केन्द्रसँग आवद्ध भएका विभिन्न जिल्ला/नगर संघका अध्यक्ष, जनप्रतिनिधि, पत्रकार तथा सङ्घका सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा सङ्घका सचिव दिपक सुवेदीले सचिव प्रतिबेदन, कोषाध्यक्ष नवराज पौडेलले आर्थिक कोषको प्रतिबेदन पेश गरेको सभा संयोजक गणेश सुवेदी रहेको सभालाई राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए । सभा सुजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।