भरतपुर, २४ चैत ।
भरतपुर महानगरपालिका- ३ मा १ जना व्यक्तिको मृत्यु भएको छ । सडकमा मागेर खाई हिँड्ने गरेका ती पुरुष बिरामी भएपछि उपचारका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ । प्रहरीका अनुसार उनको शव भरतपुर अस्पतालमै रहेको र नाम, थर र ठेगाना खुलेको छैन ।
यसैगरी चितवनकै भरतपुर महानगरपालिका १६ स्थित नारायणी नदी किनारमा स्थानीय लिला परियार मृत फेला परेका छन् । मंगलबारदेखि बेपत्ता भएका उनी शुक्रबार नदी किनारमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको जेष्ठ नागरिक चोकमा शुक्रबार भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १० मा चौबिसकोठीबाट मालपोततर्फ जाँदै गरेको बा १६ च ७०६८ नम्बरको कार र ना ४१ प ६५९२ नम्बरको स्कुटर ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।