भरतपुर, १८ चैत ।
तेस्रो प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगितामा सहभागी भई विभिन्न विधामा उत्कृष्ट हुन सफल साइक्लिङका खेलाडीहरूलाई चितवन साइकल राइडर्स क्लबले सम्मान गरेको छ ।
भरतपुर महानगरपालिकाको प्रवर्द्धन र राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल साइक्लिङ संघ र चितवन साइकल राइडर्स क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता भएको थियो ।
उक्त कार्यक्रममा चितवन स्पेसल विमेन क्याटेगोरीतर्फ क्लबकी सदस्य सुधा तिमिल्सिना प्रथम भएकी थिइन् । चितवन साइकल राइडर्स क्लबका उपाध्यक्ष धर्मराज सापकोटाका अनुसार क्लबकी कार्यसमिति सदस्य जुना श्रेष्ठ तृतीय, चितवन स्पेसल मेन क्याटेगोरीतर्फ क्लबका सदस्यहरू प्रमित थापामगर प्रथम, कृष्ण घिमिरे तृतीय हुन सफल भएका थिए ।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानको विशेष उपस्थितिमा भएको सम्मान कार्यक्रम चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदम बानियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।