भरतपुर, १८ चैत ।
पुल्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले `समुदायप्रति चासो´ सहकारीको सातौं सिद्वान्तलाई आत्मसात गर्दै ६७औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
कार्यक्रममा २३ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष मेनका चापागाई काप्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका जिल्ला सभापति हरिप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए । संस्थापक अध्यक्ष उषा खरेल सुबेदीले रक्तदान गरि कार्यक्रमको शुरूवात गरेकी थिइन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाका सभापति राजकुमार गुप्ता, संस्थाका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू उपस्थित थिए ।
कार्यक्रममा उपाध्यक्ष मीना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव सुनिता धिताल कंडेलले गरेकी थिइन् ।