• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

इण्डो–नेपाल टी–२० : दुवै भारतीय टोली लखनउ र कोलकता सेमीफाइनलमा

  •  कायाकैरन
  • बुधबार, चैत १४, २०८० / १ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    भरतपुर, १४ चैत ।
    चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा मंगलबार लगातार जित निकाल्दै भारतीय टोली पीएसआर ग्रुप लखनउ र तलाताला कोलकता सेमीफाइनलमा प्रवेश गरेका छन् ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेश माथि कोलकताले ३ रनको रोमाञ्चक जित हात पार्‍यो । कोलकताले दिएको १७३ रनको लक्ष्य पछ्याएको बागमती ६ विकेटको क्षतिामा १६९ रन मात्रै बनाउन सकेपछि ३ रनको झिनो हार व्योहर्न बाध्य भयो । बागमतीका लागि उत्तम थापा मगरले ५१ बलमा ६२ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । रविन जोशीले ३० रनको योगदान दिए ।

    कोलकताका लागि शौरभ यादवले ४ ओभरमा ४१ रन खर्चिदै ३ विकेट लिए भने प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३१ रन खर्चिदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । कोलकताका लागि सन्दीप गुप्ताले ४६ बलमा ७१ रनको अर्धशतकीय पारी खेले भने रमन कदायनले ३३ रन बनाए ।

    बागमतीका लागि इशान पाण्डेले ४ ओभरमा ३१ रन खर्चिदै ३ विकेट लिए भने मनोज यादवले ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिए । यस खेलमा कोलकताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए ।

    यस्तै आजै भएको दोस्रो खेलमा भारतीय टोली पीएसआर ग्रुप लखनउले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्‍यो । लखनउले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९ विकेटको क्षतिामा १७४ रन मात्रै बनाउन सक्यो । मधेशका लागि राहुल मण्डलले ३२ बलमा ४७ रन बनाए भने विशाल सुशलिङले ३५ बलमा ४१ रन बनाए ।
    लखनउका लागि मोहम्मद सरिम र प्रिन्स शाहीले समान ४ विकेट लिए । सरिम र शाही दुवैले ४ ओभरमा २७ रन नै खर्चिएका थिए । अर्पित शुक्लाले एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिामा २२१ रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा लखनउले बनाएको यौ नै ठूलो योगफल हो । यसअघि पनि लखनउले भरतपुर मेयर्स ११ विरुद्ध २११ रन बनाएको थियो ।जितसँगै लखनउ र कोलकताले सेमीफाइनल स्थान सुरक्षित गरेका छन् ।

    जारी प्रतियोगितामा लखनउले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदै सेमीफाइनल यात्रा तय गरेको हो । लखनउलाई पछ्याउँदै कोलकताले पनि ३ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका दुई खेल अगावै सेमीफाइनल यात्रा सुनिश्चित गरेको छ । प्रतियोगितामा लखनउ र कोलकताबीचको खेलको विजेता शीर्षस्थानमा रहने छ ।

    प्रतियोगितामा शीर्ष चार भित्रमा रहने टोली सेमीफाइनल यात्रा तय गर्नेछन् । अब सेमीफाइनल दौडमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र घरेलु टोली भरतपुर मेयर्स ११ रहेका छन् ।

    सुदूरपश्चिम ३ खेलमा २ जित र एक हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने मधेश प्रदेश ४ खेलमा १ जित र ३ हार ब्योहोर्दै २ अंकका साथ चौथो स्थानमा रहेको छ । घरेलु टोली भरतपुरको पनि समान अंक रहने पनि नेटरनरेटले पछि पर्दै पाँचौँ स्थानमा रहेको छ । बागमती प्रदेश भने चार खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रहेको छ । हारसँगै बागमती सेमीफाइनल समीकरणबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

    बुधबार, चैत १४, २०८० प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal