मकवानपुर, १३ चैत ।
मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ ।
मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा सालनालसहित नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए । इलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले शिशुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।