५ जेठ । काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो मत अग्रता फराकिलो बनाउँदै लगेको छ । अहिलेसम्म ३० हजारभन्दा बढी मत गनिसकिएको छ ।पछिल्लो मत परिणामअनुसार एमालेका विद्यासुन्दर शाक्यले १०४१७ र कांग्रेसका राजुराज जोशीले ६७७४ मत पाएका छन् । तेस्रोमा विवेकशील नेपालकी रञ्जु दर्शनाले ४००३ मत पाएकी छन् ।
साझा पार्टीका किशोर थापाले ३१७१ मत पाएका छन् ।विवेकशील र साझा पार्टीको मत जोड्दा कांग्रेसको भन्दा धेरै देखिएको छ । विवेकशीलकी रञ्जुको चार हजार र साझाका किशोरको मत जोड्दा कांग्रेसका उम्मेदवार राजुराजको भन्दा तीन सय मतले धेरै हुन्छ । यही ढंगले विवेकशील र साझाको मत बढ्दै जाने हो भने कांग्रेसलाई काठमाडौं मेयरमा धक्का लाग्ने संकेत देखिएको छ ।काठमाडौं महानगर उपप्रमुखमा भने कांग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छन् । उनले ८९२२ र राप्रपाका राजाराम श्रेष्ठले ५५१० मत पाएका छन् ।