भरतपुर, ९ चैत ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीको २३औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि शेरबहादुर पौडेल निर्वाचित भएका छन् ।
शंकरप्रसाद आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेश बहादुर भट्टराई, द्वितीय उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा गोविन्द पराजुली, कोषाध्यक्षमा सन्तोष पराजुली, सहसचिवमा सविन पौडेल, निर्देशकमा शिव श्रेष्ठ, ध्रुवप्रसाद पौडेल, गोविन्दप्रसाद श्रेष्ठ, जीवनराम चौधरी, टेल ट्विस्टर ईश्वरकुमार राजभण्डारी, जन सम्पर्क अधिकारी सरोजकुमार मास्के, मेम्बरसिप चियर पर्सन हरिराम पौडेल, क्लब सर्विस चियर पर्सन नेत्रप्रसाद आचार्य, एलसीआईएफ कोअर्डिनेटर बालगोपाल चुके, क्लब मार्केटिङ कम्युनिकेशन चियरपर्सन अर्जुन अधिकारी, टेमर रमेशचन्द्र अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक रामचन्द्र सापकोटाले बताए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु बालगोपाल चुके, ईश्वरकुमार राजभण्डारी, लोकबहादुर रानाभाटलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सन् २००१ मा स्थापना भएको यस संस्थाले मानविय सेवाका क्षेत्रलगायत विभिन्न सामाजिक एवम् परोपकारी अभियान सञ्चालन गर्दै आएको छ ।