भरतपुर, २ चैत ।
अर्किड माध्यमिक विद्यालय भरतपुर -१० मा विद्यालय तहका बालबालिकाहरूलाई सामाजिक सन्जाल र सूचना प्रविधिको जानकारी दिने उद्देश्यले साइवर सुरक्षा, ईन्टरनेट कार्यशाला सम्बन्धमा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
रोट्र्याक्ट क्लब अफ भरतपुर हाइट र अर्किड मावि कम्प्युटर शिक्षण विभागको सहकार्यमा आयोजित कार्यशालामा १४० विद्यार्थीको सहभागिता रहेको थियो ।
रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटका अध्यक्ष सुरज भण्डारीको उपस्तिथिमा सम्पन्न कार्यक्रमको सहजीकरण क्लबका रामकृष्ण लामिछाने र शिक्षकद्वय शरण श्रेष्ठ र अदिती विडारीले गरेका थिए ।
अर्किड मावि कम्प्युटर विषय विभाग प्रमुख अमित भुसालका अनुसार यस्ता कार्यक्रममार्फत कलिला बालबालिकाद्वारा उचित रूपमा सूचना प्रविधिको प्रयोग हुने अपेक्षा गरिएको हुन्छ । कार्यक्रममा पासवर्ड प्रयोगको तरिका र जोखिम, कम्प्युटर ह्याकिङ, अन लाइन बुलिङको नकारात्मक असर बारेमा विद्यार्थीलाई सुचित गरिएको भुसालले बताए ।