• गृहपृष्ठ
  • प्रमुख
  • राजनीति
  • चितवन
  • अर्थ
  • खेलकुद
  • भिडियो
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • साहित्य
  • विश्व
  • शिक्षा
  • समाज
  • ePaper
×
-->
   मङ्गलबार, बैशाख ३०, २०८२
☰
    • गृहपृष्ठ
    • प्रमुख
    • राजनीति
    • चितवन
    • अर्थ
    • खेलकुद
    • भिडियो
    • मनोरञ्जन
    • विचार
    • स्वास्थ्य
    • साहित्य
    • विश्व
    • शिक्षा
    • समाज
    • ePaper

ताजा अपडेट

प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

चितवनका युवा उद्यमी लम्साल सम्मानित

मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

नेपाल समाजका संरक्षकहरु चयन

साताको चर्चित

  • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

  • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

  • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

  • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

  • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

महिनामा चर्चित

  • ६. नयाँ वर्षमा यम बरालले नचाए स्पेनका नेपालीलाई

  • ७. लायन्सका नवनिर्वाचित पदाधिकारीलाई मेयर दाहालद्वारा स्वागत

  • ८. अर्किड स्कुलमा नयाँ विद्यार्थीलाई `मुना´ दिएर स्वागत

  • ९. अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्किड माविका सफलले जिते स्वर्ण पदक

  • १०. अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन

ट्रेण्डिङ :

    नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो बाढी नारायणी नदी पर्यटन

वडाबासीलाई भैपरी आउने समस्या समाधानका लागि भरतपुर-७ मा सहजीकरण समिति

  •  जय पाठक (जेपी)
  • शुक्रबार, चैत ०२, २०८० / १ वर्ष अगाडि प्रकाशित
    Advertisement
    Advertisement

    भरतपुर, २ चैत ।
    नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ वडा समितिले वडाबासी जनताहरूको स्वास्थ्य सहितका १३ समस्या समाधान टिम बनाएको छ ।

    वडा समितिले एक सूचना जारी गरी बिरामीका लागि रगतदेखि स्वास्थ्यसम्म विभिन्न समस्या परेमा त्यस्ता व्यक्तिलाई सहजीकरण आवश्यक परेमा सम्बन्धीत तोकिएका सम्पर्क व्यक्तिसँग समन्वय गर्न अनुरोध गरेको छ ।

    नेपाली कांग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले विभिन्न समस्यामा सहजीकरण गर्नका लागि वडाबासीको हरेक सुखदुःखमा साथ दिने उद्धेश्यले फोकल पर्सनको सम्पर्क नम्बर समेत उपलब्ध गराइएको जनाए । सम्बन्धीत क्षेत्रको विज्ञताको आधारमा जिम्मा दिईएको वडा सचिव शिवराम अधिकारीले जानकारी दिए ।

    वडा भित्रका जनतालाई स्वास्थ्य उपचार वा दैनिक खानामा समस्या भएमा वडा सभापति ढकालले सहयोग एवम् सहजीकरण गर्नेछन् । त्यस्तै, बिरामीका लागि रगत आवश्यक परेमा कृष्णप्रसाद ढकाल र जगनाथ न्यौपानेले सहजीकरण गर्नेछन् ।

    वडा कार्यालयको सेवामा किरण अधिकारी, अमृता गौतम र रिता दर्जीले सहजीकरण गर्ने ढकालले जानकारी दिए । संघसंस्था, प्रशासन एवम् विद्युतसँग समन्वय गर्नुपरेमा दीपेन्द्रराज पौडेल, रविभद्र खनाल र कल्पना पौडेललाई सम्पर्क गर्न वडा सचिव अधिकारीले अनुरोध गरे ।

    त्यस्तै बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग आवश्यक परेमा विकास पौडेल, सहकारी तथा वित्तीय समन्वय गर्नुपरेमा राजेन्द्रबाबु ढकाल र रामचन्द्र चालिसे, युवा समन्वय गर्नुपरेमा शिवराम अधिकारी, राजकुमार गुरुङ र मेलमिलापकर्ताको लागि पार्वती कँडेल र मिलन थापाको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

    त्यसैगरी, कृषि क्षेत्रको लागि नेत्रप्रसाद पौडेल र घननाथ महतो, सुरक्षा तथा खेलकुदका लागि बाबुराम अधिकारी र अशोक विष्ट, महिला हिंसा विरुद्धको लागि मुना रेग्मी र जानुका श्रेष्ठ, भ्रष्ट्राचार विरुद्धको अभियानको पूर्णचन्द्र अधिकारी र ज्येष्ठ नागरिक सहयोग तथा समन्वयका लागि चन्द्रकला पौडेल, नारायणप्रसाद भट्टराई र अम्बिका पोख्रेललाई सम्पर्क गर्न वडा सचिव अधिकारीले अनुरोध गरेका छन् ।

    कांग्रेस भरतपुर महानगरपालिका–७ वडा समितिले यसअघि स्थानीय तह, वडा कार्यालय, बिपि कोइराला मेमोरियल क्यान्सर हस्पिटल, स्वास्थ चौकी, प्रहरी चौकी, सार्वजनिक तथा निजी विद्यालय, बैंक , वित्तीय संस्थाहरु सम्बन्धित सेवाग्राहीको पक्षमा सर्वसुलभ र प्रभावकारी सेवा उपलब्ध गराउन अनुरोध सहित भेटघाट तथा साक्षात्कार कार्यक्रम गरेको वडा सचिव अधिकारीले जानकारी दिए । त्यस्तै, विपन्न वर्गलाई खाद्यान्न वितरण, वडावासी विद्यार्थी तथा जेष्ठ नागरिकलाई सम्मानलगायत जनसरोकारका विषयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

    यसरी सामाजिक काममा निकै सक्रिय कांग्रेसको वडा समितिले समस्या समाधान गर्न भन्दै टिम बनाएर थालेको यो प्रयास प्रशंसनीय छ । यो समिति कागजमा मात्रै सीमित रहला वा प्रभावकारी रूपमा काम गर्ला त्यो भने समयले नै देखाउला ।

    शुक्रबार, चैत ०२, २०८० प्रकाशित
    संबन्धित शिर्षकहरु
    प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती
    १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन
    चितवनका युवा उद्यमी लम्साल सम्मानित
    यो पनि हेर्नुहोस
    मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना
    डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा
    बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रेस युनियनको अन्तर्राष्ट्रिय मिडिया समिट : पत्रकारको सुरक्षा विश्वव्यापी चुनौती

    • २. १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश युवा सम्मेलन

    • ३. चितवनका युवा उद्यमी लम्साल सम्मानित

    • ४. मध्यविन्दुमा नगरस्तरीय गणित तथा विज्ञान प्रयोगशाला स्थापना

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. बङ्गलादेशमा शेख हसिनाको पार्टीले चुनाव लड्न नपाउने

    • ७. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • ८. चलचित्र पत्रकार संघ मकवानपुरले ३ जनालाई सम्मान गर्ने

    सातामा लोकप्रिय
    • १. धादिङकी प्राप्ति सुवेदी पराक्रम बालप्रतिभा पुरस्कारबाट पुरस्कृत

    • २. आइएमई ग्रुपको लगानीमा इला होटल मौलाकाली सञ्चालनमा आउँदै

    • ३. `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

    • ४. ग्रीनल्याण्डका विद्यार्थीले मतदान गरेर छाने विद्यालय कप्तान

    • ५. डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औँ शाखा चितवनमा

    • ६. रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालन

    • ७. रुपन्देहीमा गुडिरहेको स्कुल बसमा आगलागी, विद्यार्थी सकुशल

    • ८. रजहरस्थित प्राकृतिक चिकित्सालयमा घडियाल काव्य उत्सव

    सम्पर्क

    कायाकैरन मिडिया नेटवर्क प्रा.लि.

    भरतपुर-१० , चितवन

    सूचना बिभाग दर्ता नं.

    १७९३/०७६–७७

    सम्पर्क

    ०५६–५३३१६६ / ९८५५०४३१६६

    ई–मेल

    kayakairanchitwan@gmail.com
    हाम्रो टिम
    अध्यक्ष शिरीषा सापकोटा
    प्रबन्ध निर्देशक लेखराम सापकोटा
    निर्देशक कल्पना बस्ताकोटी
    प्रधान सम्पादक विनोदबाबु रिजाल
    सहसम्पादक शिव गौतम
    विज्ञापन तथा समाचारको लागि
    विज्ञापनको लागि सम्पर्क ९८५५०६५१३८/९८५५०४३१६६
    समाचारको लागि सम्पर्क ९८४२५५७८०५
    Copyright ©2025 Kayakairan – News | All rights Reserved.
     Website By :  WebsoftNepal