उदयपुर, १ चैत ।
धरानबाट भोजपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश प्रहरीका एसपी दिपक पोखरेलका अनुसार उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो ।
बिहीबार बिहान करिब साढे १० बजेतिर को १ ज ३२९३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा थप सात जना गम्भीर घाइते छन् ।
दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन ।