खैरहनी, २९ फागुन ।
खैरहनी नगरपालिकाले `स्वस्थ्य जीवनको लागि नियमित मृगौला परीक्षण गरौँ´ भन्ने नाराका साथ
विश्व मृगौला दिवसको अवसरमा
निशुल्क मृगौला रोग स्क्रिनिङ परीक्षण गर्ने भएको छ । मृगौला रोग परीक्षणको निशुल्क शिविर चैत १ र २ गते हुनेछ ।
खैरहनी नगर अस्पताल खैहरनी-६, चैनपुर स्वास्थ्य चौकी खैरहनी-२, कठार स्वास्थ्य चौकी खैरहनी-१०, कुमरोज स्वास्थ्य चौकी खैरहनी-१२ मा सञ्चालन गरिने खैरहनी नगरपालिका प्रमुख शशीकुमार खनियाले जानकारी दिए ।
सबै खैरहनीबासीहरुलाई नि:शुल्क मृगौला रोग परीक्षण कार्यक्रममा सहभागी भइ स्वास्थ्य लाभ लिन नगर प्रमुख खनियाले अनुरोध गरेका छन् ।