भरतपुर, २७ फागुन ।
रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटानद्वारा धुलिखेलमा प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न भएको छ । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभर रहेका रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाई रोट्रयाक्ट सम्बन्धि विभिन्न तालिमहरु प्रदान गर्ने उदेश्यले प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।
फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, व्यवहारिक एवं समूहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति समेत अवलम्बन गरि तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागीहरुलाई विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ का वर्तमान डिआरआर रोशन कुमार कार्की, प्रशिक्षक नानीकाजी खड्का, प्रदीप धिताल, २०२४/२५ का लागि इलेक्ट डिआरआर दिनेश गैरेलगायतले फरक फरक शीर्षकमा तालिम प्रदान गरेका थिए ।
आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने र प्रशिक्षकहरुको भूमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले अहिले नै देशभरबाट ४६ जना प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको वर्ष २०२४/२५ का डिआरआर विक्रम क्षेत्रीले बताए ।
तालिम कार्यक्रमको सहजीकरण वर्ष २०२४ /२५ का लागि रोट्रयाक्ट डिस्ट्रीक्ट तालिम निर्देशक अनुषा घिमिरे नेपालले गरेकी थिइन् । कार्यक्रममा सहभागीहरूले तालिम लिएर लाभान्वित भएको बताएको २४/२५ का रोट्रयाक्ट डिस्ट्रीक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।