भरतपुर, २५ फागुन ।
इर्नर्जी मोर्टसले चितवनमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । चितवनको केन्द्रीय बस टर्मिनल (पारस बसर्पाक) मा रहेको शोरुमको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
शो रुमको कार्यक्रमका प्रमुख अतिथि विशाल ग्रुपका सिईओ विवेक बिजुक्छेले उद्घाटन गरे । शोरुम उद्घाटनसँगै सोही अवसरमा एसआरएम र स्काई वेल ब्राण्डको विद्युतीय माईक्रो भ्यान लन्चसमेत गरिएको थियो । यसअघि नै उक्त भ्यानहरु चितवनमा बिक्री सुरु भए पनि बुधबार औपचारिक रुपमा लन्च गरिएको हो । सोही क्रममा एमआरएस र स्काई वेलका नयाँ ग्राहकलाई चाँबी हस्तान्तरण पनि गरिएको थियो ।



इनर्जी मोटर्सका अध्यक्ष मोहन रानाले ११ सिटे र १४ सिटे विद्युतीय माईक्रो भ्यानहरुमा पाँच वर्षको वारेन्टी रहेको बताए । यस्तै एक पटकको चार्जमा तीन सय किलोमिटर गुढ्ने उनले दाबी गरे । उक्त गाडी खरिदको लागि सरल, सहज र सहुलियत व्याजदरमा बैंकिङ सुविधा पनि उपलब्ध गराईएको रानाले बताए ।
सोही समारोहमा कम्पनीले वर्तमान अवस्थामा ‘विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी’ बिषयक अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि विशाल गुरुपका सिईओ बिजुक्छेले भुगोल र चालकको सिपअनुसारका गाडीहरु नेपालमा आएको भन्दै अब विद्युतीय गाडीको विकल्प नरहेको बताए । उनले यसका लागि एसआरएम र स्काई वेल उत्कृष्ट विकल्प भएको बताए ।
सार्वजनिक यातायात प्रवुद्ध समूहका अध्यक्ष होमप्रसाद अधिकारीले बढ्दो प्रदुषण न्युनीकरणका लागि विद्युतीय गाडीको प्रयोगमा जोड दिनुपर्ने बताए । नेपालमा समथर बाटो कम र उकालो ओरालो धेरै रहेको भन्दै एमआरएस र स्काई वेल पहाडमा गरिएको परीक्षणमा पनि सफल भएको दाबी गरे ।
भरतपुर- ९ का वडाध्यक्ष यमलाल कँडेलले पनि प्रदुषण न्युनीकरण र कम खर्चका लागि विद्युतीय गाडी उपयुक्त हुने बताए । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले पनि विद्युतीय गाडीमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए । सार्वजनिक यातायात महासंघका केन्द्रीय सल्लाहकार एवं पूर्वाञ्चल यातायात संघका क्षेत्रीय निर्देशक भविलाल चापागाईले एसआरएम र स्काई वेल हरेक हिसाबले उत्कृष्ट विद्युतीय गाडी भएको दाबी गरे । उनले नेपालमा अब विद्युतीय गाडीको भविष्य रहेको बताए ।
सार्वजनिक यातायात प्रवुद्ध समूह नेपालको आयोजना, पूजा कन्स्ट्रक्सन नेपाल प्रालिको प्रायोजन तथा इर्नर्जी मोर्टस प्रालि चितवनको सह प्रायोजनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, होटल व्यवसायी, वित्तीय तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए ।


