मकवानपुर, २५ फागुन ।
मकवानपुरको बागमती गाउँपालिकाबाट लागुऔषध नाईट्राभेट सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष २९ को रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार लागुऔषध नाईट्राभेट १८५ ट्याब्लेट सहित राईलाई पक्राउ गरेको हो । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा राईलाई रितपुर्वक खानतलासी गर्दा उनको साथबाट उक्त लागुऔषध नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।
राईलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ९ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।