सौराहा, २३ फागुन ।
सौराहास्थित होटल आइकावाले पाहुनाका लागि जापानी खाना खुवाउन सुरु गरेको छ । निकुञ्ज चोकमा रहेको होटल आइकावाले सौराहा घुम्न आएका पर्यटकलाई जापानी खाना खुवाउन थालेको हो ।
होटल आइकावा सञ्चालनमा आएको एक वर्ष पूरा भएको अवसरमा विभिन्न मुलुकका पर्यटकलाई लक्षित गरी जापानी खाना सुरु गरिएको सञ्चालक हरि शर्मा अर्यालले बताए । जापानी खाना जापानीसँगै अन्य मुलुकका पर्यटकले पनि रुचाउने गरेको सञ्चालक अर्यालको अनुभव छ ।
आइकावा खासगरी जापानको फुकुओका प्रान्तको एउटा शहर हो, जहाँ सञ्चालक अर्यालले प्रारम्भिक शिक्षा आर्जन गरेका थिए । अर्यालका परिवारले सोही शहरमा तीन दशक अगाडि पहिलोपटक रेस्टुरेन्ट व्यवसाय सुरु गरेका थिए र अहिलेसम्म उक्त व्यवसाय गरिरहेका छन् ।
सौराहामा गतवर्षदेखि सञ्चालनमा आएको होटल आइकावाको ग्राण्ड ओपनिङ आगामी २०८१ वैशाखमा हुँदैछ । होटल आइकावाले सेवा, सत्कार, खाना र बसाइँमा सौराहा मै सर्वोत्कृष्ट बन्ने लक्ष्य राखेको सञ्चालक अर्यालले बताए ।
अर्यालका अनुसार सौराहा मै पहिलोपटल साउना र स्टिम बाथ आइकावाले सञ्चालनमा ल्याएको छ । यहाँ रुम गेस्टका लागि २४ घण्टा नै रेस्टुरेन्ट, बार र क्याफे खुला राखिएको छ । आइकावामा डिलक्स, सुपर डिलक्स, एक्जिक्युटिभ र प्रेसिडेन्सिएल सुइट गरी ४ श्रेणीका रुमहरू छन् । आइकावाको आरामदायी बसाइँ र उत्कृष्ट आतिथ्यलाई बिदेशी पर्यटकले बेस्सरी रुचाएको शर्माले बताए । नेपाली पर्यटकले पनि सुइट रुमलाई रुचाएको सञ्चालक अर्यालको अनुभव छ । होटलमा कार्यक्रम तथा मिटिङका लागि तीन वटा हल छन् । २५ जना, ४५ जना र १५० जना क्षमतामा आकर्षक कोठा बनाइएको सञ्चालक शर्माले बताए ।
आइकावा होटलमा कार्यरत कर्मचारी योग्य र अनुभवी भएको अर्यालले बताए । `बिदेशमा हिल्टनदेखि सेराटनसम्म काम गरेका योग्य र अनुभवी कर्मचारी आइकावामा छन्´, उनले बताए । आइकावाले काठमाडौं, पोखरा र अर्को एउटा गोप्य गन्तव्यमा शाखा बिस्तारको लागि अनुसन्धान गरिरहेको अर्यालले बताए ।