मकवानपुर, २० फागुन ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरीजवाफ कार्यक्रम शनिवार चन्द्रोदय मावि हेटौंडा- ८ मा सम्पन्न भएको छ । कार्यक्रम वडा नम्बर ८ को सहकार्यमा गरिएको हो ।
जिल्लाका २८ टिमले सहभागिता जनाएको कार्यक्रममा सहभागी विद्यालयलाई पालिकागत रुपमा तिनवटा क्लस्टर बनाइएको थियो र ति क्लस्टरहरूमा प्रतियोगिता हुँदा श्री भुटनदेवी मावि हेटौँडा ४, श्री कालिका मावि कैलाश ९ र युवावर्ष गङ्गा आधारभूत विद्यालय मनहरि ९ उत्कृष्ट हुन सफल भएका थिए ।
स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि हेउनपा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापा रहनुभएको थियो भने विशिष्ट
आतिथ्यता हेटौँडा उपमहानगर शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा र विद्यालयका प्रधानाध्यापक जिधराज ढकालको रहेको थियो ।
छनौट चरणबाट ९ विद्यालय छनौट गरि भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले राख्नुभएको थियो भने सहजीकरण स्ट्यान सचिव सुवास खनालले गर्नुभएको थियो ।
चन्द्रोदय मावि विव्यस सदस्य रामप्रसाद देवकोटा, स्ट्यान प्रदेश सदस्य मनिल कर्ण, नगर अध्यक्ष भुपेन्द्र यादव, नगर सचिव सुदर्शन पौडेल, नगर सल्लाहकार कुमार रुम्बा, नगर कोषाध्यक्ष रविन्द्र राउत, नगर सदस्य ईश्वर रिजाल, शिक्षकहरू अर्चना दहाल, विशाल अधिकारी, रामचन्द्र पौडेल, सविन दहाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष थापाले नवप्रवर्तनात्मक काम गर्नेहरूले वडासँग सहकार्य गर्न चाहेमा वडा सधैँ तत्पर रहेको बताउनु भयो ।