भरतपुर, २८ फागुन ।
लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर- ९ का सन्तोष साह चयन भएका छन्
बिहीबार होटल मुन स्टारमा सम्पन्न १६ औँ साधारणसभाबाट वर्ष २०२४/२५ का लागि साहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।
प्रथम उपाध्यक्षमा वालकृष्ण भण्डारी, द्वितीय उपाध्यक्षमा रोशन ओझा, सचिवमा सदिच्छा अधिकारी, सहसचिवमा कृपा तिमिल्सिना, कोषाध्यक्षमा आयुस अधिकारी, सह -कोषाध्यक्षमा रिभा पौडेल रहेका छन् । त्यसैगरी सदस्यमा रुपेश क्षेत्री, सन्दर्भ खनाल, प्रवेश खनाल, अजय सुवेदी रहेका छन् ।
लियो क्लब भरतपुरले लामो समयदेखि सामाजिक सेवा एवं युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका कार्यक्रम गर्दै आएको छ ।