भरतपुर, १८ फागुन ।
आज नारायणी नदी किनारमा भरतपुर भ्रमण वर्ष २०२४ को भव्य रुपमा उद्घाटन हुँदैछ । भ्रमण वर्ष उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार भरतपुर आएका छन् ।
उद्घाटन समारोह कार्यक्रममा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायतको उपस्थिति रहने बताइएको छ ।
करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन कार्यक्रममा राष्ट्रिय कालकारहरूको प्रस्तुति, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिने भरतपुर महानगरले जनाएको छ ।