मकवानपुर, १६ फागुन ।
मकवानपुरको भैँसेबाट लागुऔषध चरेस ४५ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका भैँसेबाट थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङतान र भीमफेदी गाउँपालिका–१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङलाई उक्त परिमाणको चरेशसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तामाङ र स्याङतानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।