मकवानपुर, १२ फागुन ।
मकवानपुरका साहित्यकार तुलसी घिमिरेको कवितासङ्ग्रह `माटोको मोह´ लोकार्पण गरिएकाे छ । साहित्य संगमकाे ३ सय ४०औं सन्ध्यामा हेटौँडामा शनिबार घिमिरेकाे कवितासङ्ग्रह विमाेचन गरिएकाे हाे ।
कृतिकार घिमिरे, समाजसेवी मुक्तिगाेविन्द वैद्य, व्यङ्यकार आरसी रिजाल, प्राध्यापक निरा शर्मा, हेटौँडा उपमहानगरपालिका- ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, अग्रज साहित्यकार देवराज खरेल, साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौलालगायतले माटोकाे माेहकाे लाेकार्पण गरेका हुन् । साहित्य संगम मकवानपुरका संस्थापक हाल सल्लाहकार कवि घिमिरेकाे यस अघि `फूलका कुरा जूनका कुरा´ गीतसङ्ग्रह २०७१ प्रकाशित छ ।
विमाेचन गरिएकाे कृतिमाथि कवि सुवास खनाल र समीक्षक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गरेका थिए । कवि खनालले घिमिरे लेखनका विविध आयाम कविता, गजल, मुक्तक, गीतलगायतमा फेलनु भएका बताए । सचेतता र वैचारिकताका साथ लेखन यात्रामा रहेका घिमिरेकाे माटोकाे माेह कृतिभित्रका कवितामा ग्रामिण परिवेश, जीवनप्रतिकाे प्रेम र देशकाे सही यात्राकाे अपेक्षा गरिएकाे खनालले बताए । उनले देशकाे व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेकाेले राजनीति प्रतिकाे असन्तुष्टि स्वभाविक ढंगले कृतिमा आएकाे बताए ।
यसैगरी समीक्षक घनश्यामले कवितामा अहिलेका पुस्ताले विर्सिसकेका तथा सुन्दै नसुनेका शब्दकाे प्रयाेग गरेर कविता लेखिएकाले भाषा साहित्यका विद्यार्थीकाे लागि अनुसन्धानकाे विषय हुने बताए ।
यसैगरी साहित्य सङ्गम मकवानपुरले प्रदान गर्ने ‘शेषजङ्ग स्मृति कथा पुरस्कार-२०८०’ ‘आदर्श मानव’ कथाकालागि समर्पण न्यौपानेलाई प्रदान गरिएकाे छ । नगद ५ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार स्वर्गीय डेन्टिजङ्ग शाहले आफ्नो छाेराकाे नाममा स्थापना गरेका थिए । संगमले समयावधी ताेकेर सूचना प्रकाशित गरी माग गरिएको कथाहरूको मूल्याङ्कनबाट ज्ञानदीप शिक्षा निकेतन माविका छात्र न्यौपाने उत्कृष्ट हुँदै उक्त पुरस्कारद्वारा सम्मानित भएका संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
यसैगरी ‘णकुमारी स्मृति साहित्य पुरस्कार-२०८०’ बाट सुजिता कुमारी विश्वकर्मा सम्मानित भएकी छिन् । मकवानपुरका अग्रज साहित्यकार तथा व्यङ्यकार आरसी रिजालले आफ्नी आमाकाे स्मृतिमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी नगद ५ हजार रुपैयाँ रहेकाे छ । समयावधी ताेकेर सूचना प्रकाशित गरी माध्यमिक विद्यालयका छात्राहरूबिच स्थलगत निबन्ध प्रतियोगिता गराई प्रतियोगितामा उत्कृष्ट हुँदै ज्योति माध्यमिक विद्यालय हर्नामाडीकी छात्रा विश्वकर्मा उक्त पुरस्कारबाट सम्मानित भएकी हुन् ।
संगम अध्यक्ष डीबी बर्तौताकाे अध्यक्षता वडा अध्यक्ष नवीन सिग्देलकाे प्रमुख आतिथ्यतामा भएकाे ३ सय ४० औँ साहित्य सन्ध्या, कृति लाेकार्पण तथा पुरस्कार समर्पण कार्यक्रमकाे सहजीकरण संगम सचिव मनोज पोखरेलले गरेका थिए ।