भरतपुर, १२ फागुन ।
युवा रेडक्रस सर्कल, सनराइज इङ्ग्लिस स्कुल, भरतपुर–४ को आयोजनामा निःशुल्क दन्त शिविर विद्यालय प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । सनराइज स्कुल चितवन प्रा. लि. का अध्यक्ष हेमराज शर्माको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत करिब ७ सय बालबालिकाहरूको दन्त परीक्षण गरिएको थियो ।
चितवन मेडिकल कलेजकी डा. अस्मिता बरालको नेतृत्वमा १२ जना डाक्टर तथा प्राविधिकहरूको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले डाक्टर तथा प्राविधिक टोलीलाई विद्यालयमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामजीप्रसाद अर्याल, विद्यालयका सहायक प्राचार्य भूमिराज तिवारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सनराइज स्कुल चितवन प्रा. लि. का अध्यक्ष हेमराज शर्माले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमको निरन्तरताको अपेक्षा गरे ।
नृत्य प्रतियोगितामा डन पहिलो
यसैबीच, सनराइज इङ्ग्लिस स्कुलले जिल्ला स्तरीय नृत्य प्रतियोगिता (प्राथमिक तह) सम्पन्न गरेको छ । विद्यालयको बहुउद्देश्यीय सभाहलमा शुक्रबार सम्पन्न उक्त प्रतियोगितामा चितवन र नवलपुर जिल्लाका विभिन्न २० विद्यालयका नृत्य समूहले नृत्यकला प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा भरतपुरस्थित डन एकेडेमी प्रथम, ग्रिनल्याण्ड पब्लिक स्कुल द्वितीय र पदमपुरस्थित चित्रवन सेकेण्डरी स्कुल तृतीय हुन सफल भएका थिए । कार्यक्रममा निर्णायकको भूमिकामा नृत्य प्रशिक्षक राज घिमिरे र सागर विश्वकर्मा रहेका थिए ।
सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक निशा लामाले गरेकी थिइन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, विद्यालयका प्रशासन प्रमुख राजाराम पाठक, विद्यालयका सहायक प्रिन्सिपल भूमिराज तिवारी, अतिरिक्त कृयाकलाप विभाग प्रमुख सुजन तिवारी लगायतको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि शर्माले यस किसिमको कार्यक्रम बालबालिकामा लुकेको प्रतिभा अभिव्यक्त गर्ने एक थलोका रूपमा रहेको बताउँदै यस किसिमका कार्यक्रम स्कुलले निरन्तर गर्दै आइरहेको जानकारी गराए ।
विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले विद्यालयले शिक्षण सिकाइको साथै अतिरिक्त कृयाकलापको माध्यमबाट बालबालिकाहरूले आफूमा एकाग्रताका साथै क्षमता विकासमा टेवा पु¥याउने र यो आजको आवश्यकता भएको बताए ।