मकवानपुर, ११ फागुन ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाईटोलमा शुक्रबार पर्खालले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वसन्त महर्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खानेपानीको काम गर्ने क्रममा ईट्टाको पर्खाल लडेर च्यापिँदा महर्जन गम्भीर घाइते भएका थिए । उनको तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टर अपह्रान्न ४ बजेर ३९ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।