मकवानपुर, ११ फागुन ।
छैटौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबकाे पोल्टामा परेकाे छ । मकवानपुरको बागमती गाउँपालिकामा बिहीबार भएकाे फाइनलमा एपीएफलाई ४–० गोल अन्तरकाे सहज जितका साथ मच्छिन्द्रले उपाधी हात पारेकाे हाे ।
प्रतियोगिताकाे उपाधिसँगै मच्छिन्द्रले नगद १० लाख रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेकाे छ । यसैगरी उपविजेता एपीएफले नगर ५ लाख रुपैयाँ शिल्ड र मेडलमा चित्त बुझाएकाे छ ।
खेलकाे पहिलो हाफकाे १५ औं मिनेटमा मच्छिन्द्रकाे करेनले सेन्टरबाट गरेकाे प्रहार सिधै एपीएफकाे गोल पोष्टकाे जाली चुमेकाे थियाे । यसैगरि खेलकाे दोस्राे हाफकाे ५७ औं मिनेटमा विमल घर्ती मगरकाे पासलाई चिजाेवाले गाेलमा परिणत गरेका थिए । खेलकाे ६२ औं मिनेटमा उत्सव राइकाे पासलाई स्टेफेन समिरको प्रहार गोल रक्षकले फर्काएकाेमा एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । यसैगरी ६३ औं मिनेटमा चिजाेवाले थप १ गोल गरेर फराकिलाे अग्रता बनाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच मच्छिन्द्रकाे करेन घोषित हुदै नगद १० हजार र ट्रफि हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफले नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेकाे हाे भने न्युरेाड टिम (एनआरटी) लाई सहज जीतका साथ मच्छिन्द्रले फाइनलमा स्थान बनाएकाे थियाे । एपीएफले छैटौं संस्करणकाे मकवानपुर गोल्डकपकाे उपाधी विजेता टिम हाे ।