भरतपुर, ७ फागुन
सनराइज इङ्ग्लिस स्कुलद्वारा आयोजित सनराइज हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल इङ्ग्लिस मोडल स्कुल पहिलो भएको छ । उक्त प्रतियोगितामा कुल २२ वटा विद्यालयका टोलीहरूले सहभागिता जनाएकोमा नारायणी इङ्ग्लिस पब्लिक स्कुल दोस्रो र स्काई राइडर इङ्ग्लिस स्कुल तेस्रो भएका छन् ।
हाजिरीजवाफ प्रतियोगिताको अध्यक्षता स्कुलका पूर्वप्राचार्य हेमराज शर्माले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले र सहायक प्रिन्सिपल भुमिराज तिवारी अतिथि रहेका थिए ।
अध्यक्ष हेमराज शर्मा, प्रमुख अतिथि रामजीप्रसाद अर्याल, प्रिन्सिपल शिवकुमार बगाले, सहायक प्रिन्सिपल भुमिराज तिवारी र संयोजक रामकृष्ण लामिछानेबाट विजयी समूहका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
अध्यक्ष शर्माले मन्तव्यकासाथ सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गरी विजयी विद्यार्थीहरूलाई शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
सनराइज हाजिरीजवाफमा इन्टरनेशनल पहिलो
सनराइज हाजिरीजवाफमा इन्टरनेशनल पहिलो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस