भरतपुर, ५ फागुन ।
छैटौँ गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको उपाधिका लागि भोजाड एफसी र नारायणी मोटर्स युनिक एफसी निलो भिड्ने भएका छन् ।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै भोजाड र युनिकले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो खेलमा यात्रा ग्रुपलाई १-० ले पराजित गर्दै भोजाड उपाधि नजिक पुगेको हो । भोजाडको जितमा खेलको १६ औँ मिनेटमा सन्देश श्रेष्ठले निर्णायक गोल गरे । भोजाडका गोलरक्षक मनिष गुरुङ म्यान अद दि म्याच भए ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ठोरी एफसीलाई हराउँदै आयोजक युनिक निलोले भोजाडसँगको उपाधि भिडन्त पक्का गर्यो । प्रतिपर्धात्मक खेलमा युनिक २-१ ले विजयी भयो । युनिकको जितमा सरद गुरुङ र उज्वल गुरुङले गोल गरे । ठोरीका दीपेश लामिछानेले एक गोल फर्काए ।
खेलको पहिलो हाफको २४औँ मिनेटमा सरदको गोलबाट युनिकले अग्रता लिएको थियो । दोस्रो हाफको २८ औँ मिनेटमा ठोरीका दीपेशले बराबरी गोल फर्काए । ३५ औँ मिनेटमा उज्वलले गोल गरेपछि युनिक उपाधि नजिक पुगेको हो । युनिकका सौरभ प्रजा म्यान अफ दि म्याच भए ।
फाइनल खेल ७ गते सोमबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।