भरतपुर ४, फागुन ।
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जसमा भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यामिक विद्यालय र श्री राष्ट्रिय मावि तोरीखेतपछि फागुन ४ गते भरतपुर-६ स्थित श्री मावि इन्द्रपुरीका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
जसमा ९० जना विद्यार्थी सहभागी थिए । विद्यालय स्तरमा वित्तीय साक्षरता कार्यक्रम चितवनका सम्पूर्ण सहकारी मध्येबाट नवदुर्गा भवानीले अभियानका रूपमा थालनी गरेको पहिलो कार्यक्रम रहेको नवदुर्गा साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । यो कार्यक्रमलाई आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण शिक्षण संस्था स्कुलस्कुलमा सञ्चालन गरि वित्तीय साक्षरताको ज्ञान विद्यार्थीलाई स्कुले जीवनदेखिनै दिँदै लैजानाले आर्थिक रूपले भविष्य संकट नपर्ने नवदुर्गा भवानी साकोसका सचिव रामकृष्ण पौडेलले बताए । `स्कुलस्कुलमा वित्तीय साक्षरता´ कार्यक्रमलाई अभियानको रूपमा लैजाने कुरा संस्थाकी उपाध्यक्ष सम्झना शर्माले बताइन् । कार्यक्रमको अध्यक्षता गरेकी शर्माले कार्यक्रम बारे प्रकाश पारेकी थिईन् भने विद्यालयकी प्रधानाध्यापक शान्ति अधिकारीले अतिथिलाई स्वागत गरेकी थिइन् । विद्यालयका शिक्षक प्रतिनिधि विकास विकल सापकोटाले वित्तीय साक्षरता कार्यक्रम विद्यालय स्तरमा एकदमै उपयुक्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम शिक्षण संस्थामा सञ्चालन गरेकोमा धन्यवाद दिए । उनले वित्तीय साक्षरता कार्यक्रम आफ्नो विद्यालयमा आयोजना गरी आफ्ना छात्रछात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएकोमा नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था प्रति आभार प्रकट गरे । संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरताबारे सहजीकरण गरेका थिए । कार्यक्रममा श्री मावि इन्द्रपुरीका सम्पूर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका सञ्चालकहरू पनि सहभागी रहेका थिए भने कार्यक्रम सञ्चालन झलकप्रसाद सिग्देलले गरेका थिए ।