मकवानपुर, २८ माघ ।
भैरव स्मृति सम्मान- २०८० हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई प्रदान गरिने भएको छ ।
२१ हजार एक सय ११ रुपैयाँ राशीको उक्त सम्मानबाट मकवानपुरका हास्यव्यङ्ग्यकार लामिछानेलाई फागुन महिनामा सम्मानित गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
उक्त सम्मानका लागि भैरव अर्यालका सुपुत्र दीपक अर्यालले अक्षयकोष स्थापना गरेका छन् । शिक्षण पेशामा आवद्ध लामिछानेले हास्यव्यङ्ग्य कृति पनि प्रकाशन गरेका छन् । साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको सम्झनामा हरेक वर्ष एकजना हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउने साहित्यकारलाई सम्मान गर्ने गरेकाे छ ।