भरतपुर, २७ माघ ।
अर्किड स्कुलद्वारा आयोजित अन्तर विद्यालय स्तरिय साइकल दौड प्रतियोगिताको छात्रतर्फ दिप्सन गुरुङ सिर्जना स्कुल), प्रज्वल पौडेल (वाल्मीकि शिक्षा सदन) सबु आलाम (वाल्मीकि शिक्षा सदन )क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
त्यसैगरी छात्रातर्फ आयुश्मा गुरुङ (सिर्जना स्कुल), जेनिशा भण्डारी (वाल्मीकि शिक्षा सदन), रानु कुमाल (शान्ति विद्या मन्दिर) प्रथम, द्वितीय र तृतीय भएका छन् ।
अर्किड मावि अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठका अनुसार अन्तर विद्यालय साइकल दौड प्रतियोगिता अर्किड मावि को तेस्रो संस्करण हो । अर्किड विद्यालयले यसलाई प्रतियोगिता मात्र नसोची वातावरण जगेर्ना गर्न साइकल संस्कृतिको सोच राखी स्वस्थ जीवनको आधारको रूपमा यो कार्यक्रम राख्दै आएको छ ।