भरतपुर, २७ माघ ।
अर्किड मावि भरतपुरको १३औँ वार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा सिर्जना गरिएका विज्ञान परियोजना कार्यअन्तरगतका प्रस्तुतिहरू एक समारोह वीच प्रदर्शन गरिएको छ ।
कक्षा २ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रदर्शनी गरेका थिए । कार्यक्रमलाई प्रतियोगितात्मक बनाउन उत्कृष्ट प्रस्तुतिलाई पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक एवम् विज्ञान विषयका विभागीय प्रमुख निरज महतोले बताए । प्रदर्शनी अवलोकन गर्न अभिभावकको पनि उपस्थिति रहेको थियो ।