स्याङ्जा, २५ माघ ।
वैकल्पिक बाटो पृथक पाइला
सिर्जनात्मक अभियान- २०७६, स्याङ्जाको आयोजनामा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा अनौपचारिक रूपमा सम्पन्न भएको कार्यक्रममा
पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविता वाचन गरे । त्यसपछिको क्रममा लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले कविता वाचन गरेका थिए ।
दोस्रो चरणमा कवि उपासकले पुनः ६ वटा कविता वाचन गरे ।
कार्यक्रमको सहजीकरण अभियानका संस्थापक अभियन्ता मिलन समीरले गरेका थिए ।