भरतपुर, २४ माघ ।
भरतपुर- १० स्थित अर्किड माविद्वारा १३औँ वार्षिकोत्सवमा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारम्भिक प्रतियोगिता अन्तरगत अर्किड उद्घोषण तारा – २०८० को उपाधि ग्रिनल्याण्ड माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा द्वितीय उपाधि लिटिल फ्लावर स्कुल नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी सबैलाई पदक र ट्रफीसँगै सहभागीलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशक आकाश पौडेलले प्रदान गरे ।
कार्यक्रममा उज्यालो नेपाल मिडियाका अध्यक्ष निराजन घिमिरे र रेडियोकर्मी एवम अधिवक्ता तारा न्यौपाने निर्णायक थिए । कार्यक्रमलाई उपासना कँडेल र प्रेजिया कार्कीले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा अर्किड उद्घोषण तारा अर्किड माविको मौलिक कार्यक्रम रहेको जनाइएको थियो । कार्यक्रम संयोजक एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतिक्षा श्रेष्ठका अनुसार वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले सदा झैँ सप्ताहव्यापी रूपमा अन्तरमावि उद्घोषण तारा, साइकल दौड प्रतियोगिता, हाजिरीजवाफ, कला सामग्री र क्वाड च्याम्पियन कार्यक्रम राखेको जानकारी गराइएको थियो ।