चितवन, १२ मंसिर/
लोकतन्त्र र शान्तिका लागि कहि कसैसँग सम्झौता नगर्ने नेपाली काग्रेस चितवन क्षेत्र नं २ प्रदेश का उम्मेदवार प्रकाश अधिकारीले आज भरतुर ५ ले आयोजना गरेको घरदैलो एवं चुनाबी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उम्मेदवार अधिकारीले सम्बृद्धि र बिकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य हुने बताउनुभयोे । मुलुकलाई अनेक किसिमका द्धन्द्धबाट नेपाली काग्रेसले नै बाहिर ल्याएको भन्दै अब सम्बृद्धिको बाटो हिडाउन पनी नेपाली काग्रेसनै चाहिने बताउनु भयो । पहिलो संबिधान सभामा काग्रेसको उपस्थिती सानो हुदा संबिधान आउन नसकेको भन्दै दाश्रो संबिधान सभामा काग्रेसको उपस्थिती र नेतृत्वका कारणले देशले संबिधान पाएको बताउनु भयो । प्राप्त संबिधानको कार्यन्वयन गर्दै मुलुकलाई अगाडी बढाउन पनी काग्रेसनै चाहिने भन्दै कुनै संकोच नमानी नेपाली काग्रेसलाई मतदान गर्न उहाँले आग्रह गनुभयो ।
अघि अघिका निर्वाचनमा भन्दा यस पटक को निर्वाचनमा नेपाली काग्रेसका कार्यकर्ताहरु उत्साहि देखिन्थे । आज नेपाली काग्रेस भरतपुर ५ ले आयोजना गरेको घरदैलो कार्यक्रमा उत्साही काग्रसी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । पनि यस्तो देखिन्थ्यो । नेता तथा कार्यकर्ताहरु सामान्य मतदाताहरुलाई मतदान गर्ने तरिका समेत सिकाएका थिए । भरतपुर महनागरपालिका वडा नं ५ का नारायणपुर , कैलाशनगर तोरीखेत लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो । गुट उपगुटका कुरा छोडेर जसरी पनि नेपाली काग्रेसलाई विजयी गराउने अठोटका साथ घरदैलो कार्यक्रममा भेटिएका थिए । धेरै बर्ष प्राध्यापन गरेका उम्मेदवार प्रकाश अधिकारी गाँउ गाँउ पुग्दा उनले पढाएका बिद्यार्थीहरु उत्साहित देखिन्थे । उनीहरुले आफ्ना गुरुलाई निर्वाचित गराई छाड्ने प्रतिवद्धता समेत गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।