मकवानपुर, १९ माघ ।
मुक्तक मञ्च मकवानपुरले मुक्तक वाचनकाे १३औं श्रृङ्खला आयाेजना गरेकाे छ । बिहीबार मुक्तक मञ्च मकवानपुरले मुक्तक वाचन शृङ्खला आयोजना गरी मुक्तक दिवस मनाएकाे हाे ।
हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाउने मुक्तक मञ्च केन्द्रीय समितिले निर्णय गरे बमाेजिम बिहीबार पहिलाे मुक्तक दिवस मनाइएकाे हाे । हेटौंडामा आयोजित कार्यक्रममा मसान उपासक, अजिता ओझा, सानु खनाल, किसन पौडेल, विष्णु गौतम, वैकुण्ठ लामिछाने, मिथिला अधिकारी, मनाेज पाेखरेल, सुभाष सजललगायत एक दर्शनभन्दा बढीले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा मुना अर्याल, मुक्तिगाेविन्द वैद्य, राजकुमार लामिछाने, मधु ढुंगानालगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी माघ २७ गते मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशन कार्यक्रममा मकवानपुरका ३ जना मुक्तककारलाई पुरस्कृत गरिने मञ्च अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका सल्लाहकार ह्याग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई
यसैगरी यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार उषा शेरचनलाई प्रदान गरिने भएकाे छ । नेपाली मुक्तक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएकी कवि, गीतकार तथा मुक्तककार शेरचरलाई उक्त पुरस्कारबाट सम्मानित गरिने भएकाे हाे ।
मुक्तक दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित समारोहमा मुक्तक मञ्च पोखराले शेरचनलाई ३३ हजार ३ सय ३३ नगद राशीकाे पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।