भरतपुर, १६ माघ
स्रष्टा आनन्ददेव भट्ट र सुशीला भट्टद्वारा स्थापित एवं हाम्रो सिर्जना त्रैमासिक पत्रिकाद्वारा संचालित सहिद दशरथ चन्द स्मृति पुरस्कार काभ्रे, बनेपा निवासी साहित्यकार एवं पत्रकार मोहन दुवाललाई अर्पण गरिएको छ । हाम्रो सिर्जना त्रैमासिकले मंगलबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको उक्त पुरस्कार जनमत साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक दुवाललाई अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्रसहित उक्त पुरस्कार पत्रकार दुवाललाई अर्पण गरेका थिए ।
२०६९ साल चैत १ गते चितवनमा स्थापित दशरथ चन्द स्मृति पुरस्कार माघ १६ गते सहिद दिवसमा अर्पण गरिन्छ । २०७० सालदेखि अर्पण गर्न थालिएको यो पुरस्कार सुरुका केही वर्ष वार्षिकरुपमा र केही वर्षयता द्वैवार्षिकरुपमा अर्पण गरिन्छ । यस पुरस्कारबाट पुरस्कृत हुनेहरुमा प्राडा रविलाल अधिकारी (२०७०), गजलकार बुँद राना (लोकबहादुर राना) २०७१, साहित्यकार सूब सेन (२०७४), अन्वेषक प्राडा राजेश गौतम (२०७६) र कथाकार भुवन चन्द ठकुरी (२०७८) छन् ।
हाम्रो सिर्जना त्रैमासिकका सम्पादक प्राडा गणेशप्रसाद खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाशक डि.आर. पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै सात सालको क्रान्तिमा सहिद दशरथ चन्दको भूमिकाबारे बोलेका थिए । कार्यक्रममा हाम्रो सिर्जना पत्रिकाको २६औं अंक लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख वक्ता शिक्षाविद् रमाकान्त सापकोटाले सहिदको संख्या अझै बढ्न लागेको जानकारी गराएका थिए ।
सहिद दशरथ चन्द स्मृति पुरस्कार बनेपाका मोहन दुवाललाई अर्पण
सहिद दशरथ चन्द स्मृति पुरस्कार बनेपाका मोहन दुवाललाई अर्पण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस