मकवानपुर, १६ माघ ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका- १ चाईनागेटस्थित कृषि तथा पशुपंछी निर्देशनालयमा किसानले धर्ना दिएका छन् । उत्पादनमा आधारित दुधमा प्रति लिटर किसानले पाउने अनुदानमा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गरेको विरोधमा किसान उत्रेका हुन् । मंगलबार बागमती प्रदेश भित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा विरोध तथा धर्ना कार्यक्रम आयोजन गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड अध्यक्ष हरिप्रसाद कँडेलले बताए । विभिन्न जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्षहरु, दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीहरुले २ घण्टा धर्ना दिएका हुन् । दुग्ध उत्पादक किसानले अनुदान पाउन सक्ने वातावरण नभएको कारण दबाद दिन बागमती प्रदेश भित्रका सबै जिल्ला दुग्ध सहकारी संघहरुको आयाेजनामा बिरोध कार्यक्रम गरिएको दुग्ध सहकारी संघका केन्द्रीय वरिष्ठ उपाध्यक कृष्णप्रसाद सापकाेटाले बताए ।
उनीहरुले धर्ना कार्यक्रम सहित निर्देशनालयकाे मुल गेटमा तालाबन्दी गरेकाे छन् । किसानका अगुवाहरु हेनपा -१ चाैकिटाेलस्थित बागमति कृषि मन्त्रालयका सचिवसँग छलफलमा सहभागी भएका छन् ।