चितवन , १५ माघ ।
खैरहनीमा जारी दोस्रो मेयर रनिङ कप फुटबल अन्तर्गत मंगलबार भएको खेलहरुमा वडा नम्बर १ र ९ विजयी भएका छन् ।
बिहान भएको खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै समूहले एक एक गोल गरेका थिए । खेल बराबरीमा गएपछि पेनाल्टी सुट गरिएको थियो । पेनाल्टीमा वडा नम्बर ११ लाई ० का विरुद्ध ३ गोल गर्दै वडा नम्बर ९ विजयी भएको हो । उक्त खेलमा वडा नम्बर ९ का गोलरक्षक राजन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
अर्को खेलमा वडा नम्बर १ विजयी भएको छ । वडा नम्बर १२ लाई ० का विरुद्ध २ गोल गर्दै वडा नम्बर १ विजयी भएको हो । खेलको पहिलो हाफमा वडा नम्बर १ का खेलाडी अमित थापा मगर र दोस्रो हाफमा रोहन चौधरीले गोल गरेका थिए ।
उक्त खेलमा वडा नम्बर १ का टिम क्याप्टेन अन्जन चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई खैरहनी नगरपालिका नगर प्रमुख शशीकुमार खनियाँले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार बिहान वडा नम्बर ४ र १३ बिच खेल हुनेछ । दिउँसो वडा नम्बर ९ र ३ बिच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ६० हजार र द्धितिय हुनेलाई नगद ४५ हजारसहित ट्रफी , मेडल प्रदान गरिने चौधरीले बताए ।