मकवानपुर, १५ माघ ।
हेटौँडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हेटौँडा काठमाडौं कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१७, गौरीगाउँमा टिपरकाे ठक्करबाट मकवानपुरगढी–२, खोलाखेतका २५ वर्षीय हरी पनेरुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सोमबार साँझ कान्तिलाेकपथ अन्तरगत चौघडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पनेरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा पनेरुकी श्रीमती २२ वर्षीया अर्चना ढकाल सामान्य घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचारपश्चात हेटौँडा अस्पतालमा थप उपचार भइरहेको छ । टिपर चालक हेटौँडा–१९, नेवारपानीका ३३ वर्षीय राधाकृष्ण रेग्मी प्रहरीको नियन्त्रणमा रहेको छ ।